पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘मारूनी’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘जाम न माया जाम’ बोलको गीतमा पुष्प र साम्राज्ञीको नृत्य देख्न सकिन्छ।
‘क्लब सङ्ग’मा साम्राज्ञीलाई बोल्ड अवतारमा देखाइएको छ। पुष्पले पनि निकै राम्रो नृत्य गारेका छन्। भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन्।
गीतमा स्वर तथा संगीत दीपक बज्राचार्यको रहेको छ। गीतको शब्द रिक्की शाक्यले लेखेका छन्।
भदौ १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन्। ‘पुनम इन्टरटेन्मेन्ट’को ब्यानरमा तयार भएको फिल्ममा पूनम गौतमको लगानी रहेको छ।
फिल्ममा साम्राज्ञी र पुष्पसँगै रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ।