अहिले फिल्म ‘पोइ पर्यो काले’को छायांकन सकिएको छ। शिशिर राणको निर्देशनमा तयार भएको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको छ।
यस्तैमा, निर्माण पक्षले फिल्म छायांकनको केही तस्विरहरु सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा पूजा शर्मा बेहुलीको भेषमा सजिएकी छिन्। सौगात मल्ल र आकाश श्रेष्ठ दुबै जना बेहुलाको भेषमा छन्। यहाँ निर्माण पक्षले दर्शकलाई सस्पेन्समा राखेको छ, आखिर पूजाको बेहुला को ?
एक तस्विरमा पूजा र आकाश एकसाथ देखिएका छन्। तसअर्थमा पूजा आकाशको बेहुली बनेकी हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। तर, फिल्मको मुख्य पात्र सौगात मल्ल भएका कारण यसमाथि पनि प्रश्न उठ्छ। पूजाको बेहुला जो होस्, तर सार्वजनिक भएका तस्विरमा पूजा, आकाश र सौगातलाई निकै सुन्दर देखाइएको छ।
दिपक मनाङ्गे र अ. देवि राईको लगानी रहेको फिल्मका कार्यकारी निर्माता किरण नेपाली र रधु परियार हुन्। कमेडी जनरमा निर्माण भएको फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतको पनि अभिनय रहेको छ।