कार्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘द फेमस’ को ‘गाजुल ती आँखा’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष प्रगाढको संगीत रहेको गीतमा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । गीतको शब्द शंकर अधिकारी घायल हुन् । गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । समिर बलामीले निर्देशन गरेको यो चलचित्रको गीत तयार हुनका लागि १८ महिना लागेको निर्माणपक्षले बताएको छ । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् ।