रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ। एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द समावेश छ।
गीतको भिडियोमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचर गरिएको छ। रेनशा वान्तवा राइको करियोग्राफी रहेको भिडियोमा बिबाहको दृष्यलाई देखाइएको छ।
भदौ १३ गतेबाट रिलिज हुने फिल्ममा रेश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङको पनि मुख्य भूमिका छ। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ। फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारले लगानी गरेका छन्।