नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साईनो’को आइटम गीत सार्वजनिक गरिएको छ। मिना निरौलाको आवाज रहेको ‘क्या बात छ’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको रहेको छ।
भिडियोमा नायिका नीता ढुंगानाको ठुम्का लगाएकी छिन्। नीताको साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेललाई पनि देखाइएको छ।
‘चन्द्र बिनायक फिल्म प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन्। फिल्ममा मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, रेगन क्षेत्री लगायतको पनि अभिनय रहेको छ।
साउन २४ गते प्रदर्शन हुने फिल्मलाई अभिमन्यु निरबीले लेखेका छन्। शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ।