निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले प्रहरीलाई छवि र शिल्पा पक्राउ गर्ने अनुमति दिएको हो।
नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो। हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन्। तर, गौशला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो।
हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन्।