अभिनेता विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन्। सुवास थापा र दिनेश राउतको निर्माणमा बन्न लागेको फिल्ममा विपिन अनुबन्धित भएका हुन्।
चललित्रको नाम ‘सेल्फी किङ’ राखिएको छ। विपिनले सुवासको निर्माण तथा दिनेशको निर्देशनमा चलचि प्रसादमा काम गरेका गरिसकेका छन्।
सेल्फी किङलाई दिनेशले निर्देशन गर्ने छैनन्। यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्नेछन्। विशालले अमेरिकामा फिल्म पढेर नेपालआएका हुन्। उनले यसअघि केही फिल्ममा अभिनय पनि गरेका छन्।
फिल्ममा दुई अभिनेत्री रहने बताइएको छ। निमार्ण टीमले नायिका स्वस्तिमा खड्का र अभिनेत्री लक्ष्मी वर्देवालाई अफर गरेको छ। तर, उनीलाई लिखित रुपमा फिल्ममा अनुबन्धित भएका छैनन्।
भदौ १० देखि छायांकन सुरु हुने फिल्मलाई जुम्लामा खिचिने छ।