भदौ १३ गतेबाट रिलिज हुने फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स र विछोडको पिडालाई देखाइएको छ। ट्रेलरमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह हावी बनेका छन् । रेविका गुरुङलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।
नवल नेपाल निर्देशित यो फिल्मलाई पूनम गौतमले निर्माण गरेकी हुन्। पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन्।
निर्देशक नेपाल र गोविन्द फुँयालको पकथा समावेश फिल्ममा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ। संजय लामाले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।