दशैंलाई रिलिज गर्ने टार्गेट गरेको चलचित्र रातो टिका निधारमाले आफ्नो रिलिज मिति तय गरेको छ । वितरक तथा प्रदर्शकसँग छलफलपछि निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्रलाई असोज १० गते दर्शकमाझ ल्याउने निर्णय गरेका हुन् ।
चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अकिंत शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । अकिंत शर्माले आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् ।
यो फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।