 नायक अनमोल केसीले गर्न लागेको नयाँ फिल्मको नाम पक्का भएको छ। सोमबार फिल्म विकास बोर्डमा फिल्मको नाम दर्ता गराएर नाम सार्वजनिक गरिएको हो। फिल्मको नाम ‘एन्टी हिरो’ राखिएको छ।
नायक अनमोल केसीले गर्न लागेको नयाँ फिल्मको नाम पक्का भएको छ। सोमबार फिल्म विकास बोर्डमा फिल्मको नाम दर्ता गराएर नाम सार्वजनिक गरिएको हो। फिल्मको नाम ‘एन्टी हिरो’ राखिएको छ।
लभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुने यस फिल्ममा अनमोललमई एक्सन अवतारमा प्रस्तुत गरिने छ। फिल्ममा अनमोल पिता भुवन केसीको पनि मुख्य भूमिका रहने छ। यस फिल्ममा भुवनले खलपात्रको भूमिका निर्वाह गर्दैछन्।
‘दि सुपर काजोल फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्मको छायांकन दशैंपछि सुरु हुने बताइएको छ। फिल्मका लागि अन्य टिम फाइनल गरिएको छैन। फिल्मका निर्देशक, नायिका केही दिनमै सार्वजनिक गर्ने निर्माता तथा कलाकार भुवन केसीले बताए।
 
                                                                                               







 
			   
			   
			   
			   
			  