एक्सन लभस्टोरी फिल्म ‘सोच’को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धलाई देखाइएको छ।
केही समय अघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन्। पुज नकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन्। सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन्।
कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ। फिल्ममा उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको छ।