नायक रमित ढुंगाना स्टारर फिल्म ‘राजा साहेब’ छायांकनको पूर्व तयारीमा रहेको छ। भदौ पहिलो साताबाट छायांकनमा जाने यस फिल्ममा नयाँ कलाकारको प्रवेश भएको छ। यस फिल्मको मुख्य भूमिकाको लागि नायक किशोर खड्का इन्ट्रि भएका हुन्।
बुधबार मात्रै किशोर र निर्माण पक्षबीच लिखित सम्झौता भइसकेको छ। किशोरले यस अघि फिल्म बाँध मायालेमा अभिनय गरेका थिए। किशोरको यो दोस्रो फिल्म हो। आफूले राजा साहेबमा अभिनय गर्न पाएकोमा निकै खुसी भएको किशोरको भनाई छ।
‘किराती फिल्मस्’को व्यानरमा बन्ने यस फिल्मलाई विचल किरातीले निर्देशन गर्नेछन्। फिल्ममा रमित र किशोरसँगै धिरेन शाक्य, जय किशान बस्नेत, उमेश खड्का, टार्जनको पनि मुख्य भूमिका रहने छ। यसै फिल्मबाट सोनिका केसी र आइशा राईले फिल्ममा डेब्यु गर्दैछन्।
शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माता रहेको फिल्ममा चन्द्र लामा, रश्मी शाक्य र शान्ता ढकालको लगानी रहने छ।