असोज ३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा निर्माण भएको निर्माण भएको यस फिल्मको ट्रेलर निकै रमाइलो बनाइएको छ। प्रेम र द्वन्द्वलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की लगायतको अभिनय छ।
रामबाबु गुरुङ निर्देशित यस फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ। यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्।
‘बासुरी फिल्मस्, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन्।