गत शुक्रबारबाट फिल्म मारूनीले दोस्रो सातामा आफ्नो प्रदर्शन यात्रा तय गरेको छ। रिलिज भएको शुक्रबार र शनिबार आशातित व्यापार गर्न नसकेको फिल्मले पछिल्ला दिनहरुमा भने राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ।
रिलिज भएको शुक्रबार र शनिबार बलिउड फिल्म साहोले एकछत्र राज गरेको थियो। तर, उक्त चलचित्रको समिक्षा नराम्रो आएपछि त्यसको प्रत्यक्ष फाइदा मारूनीले पाएको छ। माउथ पब्लिसिटीले पनि मारूनीमा दर्शक बढिरहेको निर्मात्री पूनम गौतमले बताइन्। दोस्रो साताको शुक्रबार र शनिबार चलचित्रले हाउसफुलको व्यापार गरेको उनले भनाई छ।
नेवल नेपाल निर्देशित यस फिल्ममा तेस्रो लिंगीको कथालाई समेटिएको छ। तेस्रो लिंगी वर्गले पनि चलचित्र हेरिसकेका छन्। उनीहरुले पनि चलचित्रलाई निकै रुचाएका छन्। चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ।