केही समय अगाडि नायक सौगात मल्ल फिल्म ‘राम राम’मा अनुवन्धित भएका थिए। यस फिल्ममा सौगातले मुख्य भूमिका निर्वाह गर्दै थिए। तर, अहिले सौगातले यस फिल्म नगर्ने भएका छन्। उनले फिल्म छोड्नुको कारण आफ्नो प्रेमिका तथा नायिका सृष्टि श्रेष्ठलाई फिल्ममा नलिनु हो।
सुवर्ण थापाको निर्देशनमा बन्न लागेको ‘राम राम’मा सौगातले श्रृष्टीलाई फिल्ममा लिन दवाव दिएका थिए। तर, निर्माणपक्षले फिल्मको कथामा श्रृष्टी नसुहाउने भन्दै लिन नमिल्ने बताए। सौगातले श्रृष्टीका लागि कथा नै परिवर्तन गर्न समेत भन्न भ्याए। तर, निर्माण पक्षले सौगातको प्रस्तावलाई अस्विकार गरेपछि सौगातले फिल्म छाडेका हुन्।
प्रेममा परेपछि सौगातले श्रृष्टीका लागि फिल्म सिफारिस गर्ने गरेको खबर आइरहेको नै हुन्छ। उनले आफू फिल्ममा भएपछि सृष्टि पनि त्यहाँ हुनुपर्ने सर्त राख्ने गरेको गुनासो निर्माता निर्देशकले गर्दै आइरहेका छन्।