नायक अनमोल केसी नयाँ फिल्ममा अनुबन्धित भएका छन्। सम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म ‘धुपौरे’मा अनमोल अनुबन्धित भएका हुन्। मंगलबार निर्माण पक्षले फिल्मको टाइटल पनि सार्वजनिक गरेको छ।
कलाकारमा नायक अनमोल केसीमात्र पक्का भएका छन्। अन्य कलाकारको छनोट पनि अहिले भइरहेको छ। फिल्ममा नयाँ नायिका रहने निर्माण पक्षले बताएको छ। जयन श्रेष्ठले निर्माण गर्ने यस फिल्मको छायांकन मंसिरबाट सुरु गरिने बताइएको छ।
यस फिल्मभन्दा पहिला अनमोलले होम प्रोडक्सनको फिल्म एन्टि हिरोमा काम गर्दैछन्।ऽ यस फिल्ममा भुवन केसीको पनि मुख्य भूमिका रहने छ। अहिले अनमोल यसै फिल्मको तयारीमा लागिरहेका छन्।