फिल्म ‘सुर्यवंशी’को छायांकन लगभग अन्तिम चरणमा पुगेको छ। निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स दृष्यको छायांकन गरिरहेको छ।
फिल्मको क्लाइमेक्समा मुख्य अभिनेता अक्षय कुमारसँगै नायक अजय देवगण र नायक रणवीर सिंह पनि देखिने भएका छन्।
‘सिंघम’ स्टार अजय र ‘सिम्बा’ स्टार रणवीरलाई ‘सिंघम’को सिरिज ‘सुर्यवंशी’मा एकसाथ देखाउन लागिएको हो। निर्माण पक्षका अनुसार यस फिल्मको क्लाइमेक्स धमकेदार हुनेछ। क्लाइमेक्सका लागि निर्माण पक्षले भरपूर मेहनत गरेको बताइएको छ।
आगमी वर्षको मार्चमा रिलिज हुने यस फिल्मलाई प्रतिक्षित फिल्मलाई रोह्यित सेट्ठीले निर्देशन गरेका हुन्। करण जोहरले निर्माण गरेको यस फिल्ममा कट्रिना कैफको पनि मुख्य भूमिका रहेको छ।