अहिले बकस अफिसमा फिल्म ‘छ माया छपक्कै’ले बम्पर हनिरहेको छ। समिक्षात्म रुपमा पनि फिल्म सफल देखिएको छ। दिपेन्द्र लामा निर्देशित फिल्मलाई छक्का पन्जा टिमले बनाएको हो। फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ।
छक्का पन्जा टिमको यस फिल्म सफल भएपछी नयाँ फिल्मको विषयमा धेरैको चासो बढेको छ। यस्तैमा उनिहरुको नयाँ फिल्मको नाम बाहिर आएको छ। समचारका अनुसार छक्का पन्जा टिमले अब छन् गेडी सबै मेरी नामक फिल्ममा काम गर्दैछन्।

फिल्म निर्देशक सिमोस सुनुवारले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमलाई फिल्मको अफर गरेको हो। दीपक-दीपा फिल्मलाई लिएर केही सकारात्मक देखिएका छन्। तर, सम्झौता भने भएको छैन्।
दीपकलाई फिल्मको नाम ठिकै मात्र लागेको छ। पूरा चित्त नबुझी फिल्मको नाम पनि परिवर्तन गर्न सकिने बुझिन्छ। यस फिल्ममा दीपक-दीपाले नाफाको ७५ प्रतिशत माग राखेका छन्।
अहिलेको हिट यस टिममा केदार घिमिरे र जितु नेपाल पनि सँगै छन्। सिमोसले निर्देशन गर्ने छन् गेडीलाई लगानी पनि सिमोसले नै गर्नेछन्।