फिल्म ‘प्रेम संसार’ को दोश्रो गित सार्वजनिक गरिएको छ। ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन्। रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे, लगायतको अभिनय छ।
‘सोनी फिल्म्स’को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई राम गौतमको निर्देशन गरेका हुन्। फिल्मको कथा, पटकथा प्रेम बहादुर सुनार(गहतराज) हुन्। फिल्मलाई निर्माण पनि प्रेमले नै गरेका हुन्।
फिल्ममा उत्तम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन्।