नायक सलमान खान स्टारर फिल्म ‘दबंग ३’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा एक्सन दृष्यलाई बढि फोकस गरिएको छ। ट्रेलरमा प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ।
सलमान खानलाई दंबगले करिअरमा धेरै सहयोग पुर्याएको छ। उनको चुलबुल पाण्डे भूमिकालाई धेरैले रुचाएका थिए। अहिले सलमान तेस्रो पटक चुलबुल पाण्डे बनेका छन्।
फिल्ममा सोनाक्षी सिन्हा ‘रज्जो’को रुपमा फर्किएकी छिन्। त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन्।
प्रभु देवाले निर्देशन गरेको फिल्मलाई अरबाज खानले निर्माण गरेका हुन्। फिल्मको कथा सलमानले नै तयार गरेका हुन्।