बलिउड चलचित्र ‘पति पत्नि और वो’ रिलिजको तयारीमा छ । चलचित्रमा नायक कार्तिक आर्यन, नायिका आनन्या पाण्डे र भूमि पेड्नेकारको मुख्य भूमिका रहेको छ । चलचित्रको ट्रेलर र गीतले दर्शकबाट निकै राम्रो प्रतिकृया पाइरहेको छ ।

रिलिज मिति नजिकिदै गर्दा अहिले कलाकारहरु चलचित्रको प्रचारमा लागिरहेका छन् । प्रचारकै क्रममा आनन्याले कार्तिकको विषयमा बोलेकी छिन् । उनले कार्तिक एकदमै ‘केअरिङ’ भएको बताएकी छिन् ।
आनन्याले आफ्नो कार्तिकको केमेष्ट्रि पनि उत्तिकै सुन्दर देखिने बताइन् । उनले भनिन्, ‘हामी एक अर्कालाई राम्रोसँग चिन्छौँ । त्यसैले पनि केमेष्ट्रि मिलाउन हामीलाई सजिलो हुन्छ । पर्दामा हाम्रो जोडी सुन्दर देखिन्छ ।’