नायिका ऋचा शर्माले लगनगाँठो कसेकी छिन्। शनिबार प्रेमी दिपेक्षविक्रम राणासँग ऋचा वैवाहिक जीवनमा बाँधिएकी हुन्। नायिका ऋचाका श्रीमान् ललितपुरको लविम मलका म्यानेजर हुन्।

ऋचाले केही समय अगाडि देखि नै यस वर्ष विवाह हुने बोल्दै आएकी थिइन्। गत बुधबारमात्र सामाजिक सञ्जालमार्फत उनले विवाहको मिति सार्वजनिक गरेकी थिइन्।
ऋचाले आफ्नो विवाहको फोटो शनिबार नै सामाजिक संजालमा सार्वजनिक गरेकी छन्। उनले ट्विटरमा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस्।’
ऋचालाई वैवाहिक जीवनको शुभकामना दिनेहरुको अहिले लर्को नै लागेको छ। उनको विवाहमा पनि फिल्म क्षेत्रका धेरै जनाको उपस्थिती रहेको थियो।