
फिल्म ‘लक्का जवान’को रिलिज डेटमा हेरफेर भएको छ। चैत ७ गतेलाई प्रदर्शन मिति तय गरेको यस फिल्मले आफ्नो रिलिज मितिलाई दुई साता पछाडि सारेको छ।
अब भने यस फिल्म चैतको २१ गते रिलिज हुनेछ। वितरकको सल्लाह अनुसार नै फिल्मको रिलिज मिति हेरफेर गरिएको निर्देशक शिवहरी पौडेलले जानकारी दिएका छन्।

कमेडी जनरमा निर्माण भएको यस फिल्मले ‘लक्का जवान’ र पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ। फिल्ममा दीलिप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ।
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा तयार भएको फिल्मका प्रस्तुतकर्ता ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ हुन्। फिल्ममा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेका छन् भने सह-निर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया हुन्।