फिल्म ‘सेल्फी किङ्ग’को गीत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक भएको ‘जाली रुमाल’ बोलको गीतमा वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर छ।
.jpg)
गीतको भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ। भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई पनि देख्न सकिन्छ।
फिल्मको कथा अनुसार नै गीतलाई कार्यक्रमको माहोलमा प्रस्तुत गरिएको छ। निर्मल लामाले कोरियोग्राफी रहेको भिडियोलाई सोलुको सल्लेरीमा छायांकन गरिएको छ।
विशाल सापकोटाको निर्देशनमा बनेको ‘सेल्फी किङ्ग’ नाम गरेको एक कलाकारले कला यात्राको क्रममा पाएको सफलता र त्यसलाई व्यवस्थित गर्न गरेको संघर्षको कथामा यो फिल्म बनेको छ। फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई सुभाष थापा र दिनेश राउतले निर्माण गरेका हुन्।