नायिका केकी अधिकारी अहिले फिल्म झिंगे दाउको छायांकनमा छिन्। यस फिल्म पश्चात केकीले फिल्म चालबाजको छायांकन सुरु गर्नेछिन्। फिल्महरु असफल भइरहे पनि उनी खाली हात भने बस्नु परेको छैन्।

केही दिन अगाडि मात्र केकी हितैसी ऋचा शर्माको बिहे पार्टीमा उपस्थित थिइन्। आफ्नो समकक्षीहरुको धमाधम बिहे भइरहेको समयमा केकीलाई बिहेको प्रश्न नतेर्सिने कुरै थिएन। त्यसैले पत्रकारले केकीलाई सोधिहाले, ‘तपाईको चाहीँ बिहेको सुरसार कहिले हो?’
उत्तरमा केकीले आफू अहिले रिहर्सल परियडमा भएको बोलिन। उनले भनिन्, ‘मेरो नजिकका साथीहरुको धमाधम बिहे भइरहेको छ। उनीहरुको बिहेबाट पनि मैले धेरै कुराहरु सिकिरहेको छु। मण्डपमा कसरी बस्ने,कसरी बोल्ने, के गर्ने, के नगर्ने सबै बुझिरहेको छु।’
केकी अहिले तत्काल बिहेको कुनै योजना नभएको बताउँछिन्। उनी भन्छिन्, ‘अझै फिल्ममा नै काम गर्न मन लागिरहेको छ। त्यसैले तत्काल बिहेको विषयमा केही सोचेको छैन्। बिहे हुने भएपछि पक्कै भनिहाल्ने छु।’
केही समय अगाडि केकीको निकै प्रेम चर्चा भएको थियो। गायक आर्जन पाण्डेसँग बिबाहसम्म कै कुरा बाहिरिएको थियो। तर, उक्त कुरा अहिले सेलाएको छ।