चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राती हृदयघातका कारण उनले आफ्नो प्राण त्यागेका थिए।

विकास बोर्डबाट सकुसल घर फर्किएका कोशवलाई एक्कासी हृदयघात भएको थियो। हृदघात भएपछि केशवलाई ओम हस्पिटल लगिएको थियो। तर, हस्पिटल पुग्ने बित्तिकै डक्टरले उनलाई मृत घोषणा गरिदिए। उनको मृत्यु १०:२० मा भएको थियो।
लामो समयदेखि फिल्म क्षेत्रमा रहेर काम गरेका केशवले धेरै फिल्महरु निर्माण गरेका छन्। कुशल अभिनेताको रुपमा परिचित केशवले दर्जनौ फिल्ममा अभिनय गरेका छन्।
आठ महिना अगाडिमात्र केशव विकास बोर्ड अध्यक्ष बनेका थिए। सिंगो फिल्म क्षेत्र नै उनी प्रति आशावादि थिए। फिल्म क्षेत्रको विकासका लागि विकास बोर्डले राम्रो अध्यक्ष पाएको धेरैको विश्वास थियो। तर, फिल्मकर्मीको विश्वासलाई उनले पूरा गर्न सकेनन्।