व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘मारूनी’ अष्ट्रेलियामा प्रदर्शन गरिएको छ। शुक्रबार साँझ अष्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा फिल्मको प्रदर्शन गरिएको थियो। फिल्मको प्रदर्शनको लागि नायक पुष्प खड्का र निर्मात्री पूनम गौतम सिड्नी पुगेका थिए।

फिल्म हेर्न आएका दर्शकको संख्या निकै उत्साहजनक रहेको निर्मात्री पूनम गौतमले बताइन्। दर्शकले फिल्मलाई निकै रुचाएको नायक खड्का बताउँछन्। अष्ट्रेलियाको अन्य विभिन्न शहरमा पनि फिल्मको शो आयोजना भएका छन्। सिड्नीमा पनि फिल्मको शो थपिने सम्भावना देखिन्छ।
नवल नेपाल निर्देशित यस फिल्ममा पुष्पसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ। फिल्मले तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको छ।