नायक पुष्प खड्का अहिले आफ्नो गृह जिल्ला कैलाली पुगेका छन्। त्यहाँ आयोजित बर्दगोरिया माघी मेलाको लागि उनी कैलाली पुगेका हुन्।
गृह जिल्ला पुगेका पुष्पले त्यहाँ रहेको सहारा घरलाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन्। सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदैँ आएको छ। उनीहरुको हेरचाहमा केही सहयोग होस् भन्ने उद्येश्यले उक्त रकम रहयोग गरेको पुष्प बताउँछन्।
पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे। त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो। उनलाई पहिल्यैबाट सहयोग गर्ने मन थियो। त्यसैले गृहजिल्ला गएको अवसरमा सहयोग गरेको पुष्प बताउँछन्।
पुष्प उक्त मेलाको लागि कलाकारको रुपमा त्यहाँ पुगेका थिए। त्यहाँबाट आएको पारिश्रमिकबाट ५० हजार सहयोग गरेको पुष्पले बताएका छन्। उनले भने, ‘मेरो पारिश्रमिकको केही उहाँहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ। आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु।’