नायक विराज भट्टको कमब्याक चलचित्र फिल्म ‘साङ्लो’को दोस्रो गीत रिलिज भएको छ। आइतबार युट्युबमार्फत् फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सुरेश अधिकारीले संगीत दिएका छन्। निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा निशानकै शब्द छ।
डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा विराज भट्ट र निकिता चण्डक फिचर छन्। रामजी लामिछानेको करियोग्राफीमा तयार भएको भिडियोमा विराज र निकिताको जोडी सुहाएको छ।
माघ २४ गते रिलिज हुने फिल्ममा विराज र निकिताको सँगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतको अभिनय छ। विराज भट्टकै निर्देशनमा तयार भएको यो फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ।
एक्सनप्रधान फिल्ममा श्री श्रेष्ठको एक्सन रहेको छ। मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।