नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ स्टारर फिल्म ‘मन परेसी’को शुभ-मूर्हत गरिएको छ। श्रीपञ्चमीको अवसर पारेर यो फिल्मको शुभ-मुर्हत गरिएको हो। काठमाण्डौको भद्रकाली मन्दिर पुगेर फिल्मको मूर्हत गरिएको हो।
शुभ-मूर्हत कार्यक्रममा पूजा र आकाश पनि त्यहाँ पुगेका थिए। फिल्मका अर्का कलाकार रविन्द्र झालाई पनि त्यहा देखिएको थियो।
रुपेश थिङको लेखन तथा निर्देशन रहने यस फिल्ममा पूजा र आकाशले पाँचौ पटक सहकार्य गरेका छन्। रघु परियारको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा अमृत थिङ कार्यकारी निर्माताको रुपमा रहेका छन्। फिल्ममा दिनेश शाही र चक्र पाख्रिन तामाङको पनि लागनी रहने छ। यस्तै, फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह–निर्मातामा छन्।
लभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन आइतबारबाट सुरु हुनेछ। फिल्मलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ।