फागुणको २३ गतेलाई रिलिज मिति तय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को तेश्रो गीत सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको ‘कसम कसम’ बोलको गीतमा सुगम पोखरेलको स्वर दिएका छन्। दिनेशराज पुरीको शब्द समावेश गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।
भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा फिचर छन्। सँगै एलिशा शर्माको नृत्य पनि भिडियोमा देख्न सकिन्छ। भिडियोको करियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
भिडियोलाई केही फरक स्वादमा पस्किन खोजिएको छ। भिडियोमा प्रयोग गरिएको प्रप्स र नृत्यको स्टेपहरु सम्झनालायक छन्।
सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा र सुदर्शनको लगानी रहेको छ। फिल्ममा जन्म जय र सम्पाङ राई सह–निर्माताको रुपमा छन्। निर्देशक थापाकै कथा रहेको फिल्मलाई शिवम् अधिकारी र दिनेश न्यैपानेले पटकथाको स्वरुप दिएका हुन्। सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।