नायिका प्रियंका कार्कीले अदालतमा पुगेर बिबाह गरेकी छिन्। बिहिबार प्रेमी आयुष्मान देशराज जोशीसँग अदालतमा पुगेर उनीहरुले माला साटेका हुन्।
अदालतमा पुगेर माला साटेपछि नायिका कार्कीले आफ्नो सामाजिक संजालमा फोटो पोष्ट गर्दै मिस्टर एण्ड मिसेस भएको लेखेकी छिन्।
केही दिन देखि नै प्रियंकाको बिबाहको रौनक छाइरहेको छ। बुढानिलकण्ठमा रहेको पार्क भिलेजमा उनीहरुले ३ दिनको समय बुक गरेर बिबाह गरिरहेका छन्।
बैधानिक रुपमा बिबाह गरिसकेका प्रियंका र आयुष्मानले संस्कार सहितको बिबाह भने शुक्रबार गर्नेछन्। शुक्रबार आफ्ना आफन्त र चलचित्र क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा उनीहरुले बिबाह गर्नेछन्।
शुक्रबार साँझ नै प्रियंकाले पार्टीको पनि आयोजना गरेकी छिन्। पार्क भिलेजमा नै उनीहरुको बिबाहको पार्टी आयोजना भएको छ।