यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को टिजर सार्वजनिक भएको छ। मंगलबार युट्युबबाट फिल्मको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, नव-कलाकार मनिष राउत र अभिनेता शिव श्रेष्ठलाई स्थान दिइएको छ।
टिजरलाई एक्सनप्रधान बनाइएको छ। प्रदीपको ‘एन्ग्री लुक्स’ टिजरमा देख्न सकिन्छ। प्रदीप र मनिषको भिडन्तलाई पनि टिजरमा देखाइएको छ।
२ सय वर्ष पूरानो कथामा निर्माण भएको फिल्म ‘प्रेम गीत ३’लाई सन्तोष सेनले निर्माण गरेका हुन्। सन्तोष र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा शिव, प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय छ।
छेतेन गुरुङ र मन्दीप गौतमको ल्खन रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्। कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा कविराज गहतराजले कोरियोग्राफी, हिमाल केसीले एक्सन र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ।
फिल्मले नयाँ वर्षलाई लक्षित गरेर चैत २८ लाई रिलिज टार्गेट बनाएको छ।