अभिनेता प्रभाष नयाँ फिल्ममा अनुबन्धित भएका छन्। उनले नाग आश्विनको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न लागेका हुन्।
यस फिल्ममा आफ्नो जोडी बन्न प्रभाषले नायिका कट्रिना कैफलाई रोजेका छन्। निर्माण पक्षले सुनाएको केही नामहरुमा उनले कट्रिनालाई रोजेका हुन्।
निर्माण पक्षले अहिलेसम्म कट्रिनासँग कुनै कुरा गरेको छैन। प्रभाषले रोजेपछि अब निर्माण पक्ष जोडतोडले कट्रिनालाई फिल्मको लागि राजी गराउन लाग्नेछ। यदी कट्रिना फिल्मको लागि राजी भइन् भने पर्दामा प्रभाष र कट्रिनाको नयाँ जोडी देखिने छ।
प्रभाषले यसअघि पनि बलिउड नायिकासँग काम गरिसकेका छन्। उनले श्रद्धा कपुर, ज्यक्लिन फन्डान्टेज लगायत नायिकासँग स्कृन सेयर गरिसकेका छन्। अब उनी कट्रिनासँग जोडी बाध्ने सुरमा छन्।
फिल्म ‘साहो’ रिलिज पछि प्रभाष आफ्नै होम प्रोडक्सनबाट बनेको फिल्म ‘जान’को छायांकनमा छन्। रोमान्टिक जनरामा निर्माण भएको यस फिल्ममा प्रभाषले नायिका पूजा हेग्डेसँग जोडी बाँधेका छन्।