कोरोनाको त्रासका कारण बन्द भएका चिनका सिनेमा हलहरु खुलेका छन्। कोरोनाको संक्रमण कम हुदैँ गएपछि चिनका हलहरु खुल्न थालेका हुन्।
एक टिकट एप्सका अनुसार चिनका १७ वटा हलहरुमा फिल्मको प्रदर्शन सुरु भएको छ। उच्च सावधानी अपनाएर फिल्मको प्रदर्शन सुरु गरिएको हो।
पहिलो दिन हलमा आएका दर्शकलाई कोरोना परिक्षण गरेर मात्र हल प्रवेश गराइएको थियो। पहिलो दिन आएका कोही पनि दर्शकलाई कोरोना संक्रमण देखिएन। पहिलो दिन संचालनमा आएका हलहरुबाट जम्मा १ हजार ७० डलर मात्र कमाई भयो।
चिनबाट सुरु भएको कोरोना अहिले विश्वभर छाइरहेको छ। अन्य देशका हलहरु बन्द भइरहेको अवस्थामा चिनमा भने हल संचालन हुन थालेको छ। यो चिनको लागि सुखद पक्ष हो।