चलचित्र ‘यम्फावती : द प्रिन्सेस’ को टीजर रिलिज गरिएको छ । पूर्व राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरूङ्ले अभिनय गरेको ‘यम्फावती’ को टीजरमा निकै आर्कषक तबरले तयार पारिएको छ । टीजरमा सिपोरा एक्शन अवतारमा देखिएकी छिन्, जुन निकै दमदार छ । कृष्ण कुमारको निर्देशनमा बनेको ‘घलेक’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी सिपोराले यो चलचित्रका लागि ६ लाख पारिश्रमिक बुझेपछि चलचित्रको निकै चर्चा भएको थियो । याम्फाबती गुरुङ सभ्यताको ऐतिहासिक पात्र हो । गुरुङहरुको परम्परागत नाच घाटु नाचमा रानी याम्फावती हुन्छे । पछिल्लो समय चलचित्रमा ब्यस्त हुन थालेकी सिपोराले पहिलो प्राथमिकता भने भलिबललाई नै दिने बताउँदै आएकी छिन् । चाँडै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिने बताइएको यो चलचित्रमा सिपोराको अलवा बल बहादुर गुरुङं, शक्ति गुरुङ, धन बहादुर गुरुङ, भुपाल गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा कृष्ण कुमार गुरुङले लेखेका हुन् ।