कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ। भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ।
कोरोनाविरुद्धको लडाईमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राहत कोष खडा गरेका छन्। जसमा बलिउडका धेरै सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन्।
‘बाहुबली’ स्टार प्रभाषले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन्। आपतको समयमा सबै एकजुट भएका काम गर्नुपर्ने भन्दै उनले ४ करोड सहयोग गरेका हुन्।
प्रभासले ४ करोडमा ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र बाँकी ५०/५० लाख आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमन्त्री राहत कोषमा दिएका हुन्।
त्यस्तै, कलाकार कपिल शर्माले पनि राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सामाजिक संजालमा लेख्दै आफूले सहयोग गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘अहिले कतिपयलाई हाम्रो आवाश्यक परेको छ। त्यसैले सहयोग गरेको हुँ। सबै सुरक्षित रहनु होला।’
प्रभाष र कपिल बाहेक ऋतिक रोशन, महेश बाबुलगायतले पनि कोरोना भाइरसले निम्त्याएको संकटमा आफ्नो तर्फबाट सकेको सहयोग गरिरहेका छन्।