अभिनेत्री कंगना रनावत बलिउडका कलाकारमाथि नभड्किएको दिन छैन । उनले बलिउडका नाम चलेका कलाकारमाथि आक्रोश व्यक्त गरिरहेकी छिन् । यसैविच, उनले नायक अमिताभ बच्चनमाथि पनि टिप्पणी गरेकी छिन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न घटनाक्रम र भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलको भन्दै कंगनाले अमिताभको टिप्पणी गरेकी छिन् ।
कंगना भन्छिन्–‘अमिताभ बच्चन बलिउडका महानायक हुन् । तर, उनी राम मन्दिर निर्माण होस् या सुशान्तको निधनपछि विकसित घटनाक्रमका बिषयमा बोल्न सक्दैनन् । यो माफियाको डर हो । म उनको मुल्यांकन गर्न चाहन्नँ र उनले के सोच्छन् भन्नका लागि मसँग हैसियत पनि छैन ।’
कंगनाले उनले विभिन्न बिषयमा ट्विट गर्दै आएको भन्दै यो बिषयमा उनको मनमा डर रहेको बताइन् । भनिन्–‘आफू वा आफ्ना सन्तानलाई बहिष्कार गर्न सक्ने धम्की होस् या उनीविरुद्ध ग्रुपिज्म हुने डरले उनले नबोलेको हुनुपर्छ । नत्र, उनी किन वधाई सहितको ट्विट गर्न सक्दैनन् ?’