बलिउड। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण पत्ता लगाउन भारतको (केन्द्रीय अन्वेषण ब्यूरो) सी बी आईलाई अदालतले जिम्मेवारी दिए संगै यता नायक सलमान खानले आफ्नु आगामी फिल्म टाइगर ३’ को घोषणा गरेका छन् । यस फिल्ममा सलमानको जोडी कटरीना हुने पक्का छ भने यो सलमानको बिगतका फिल्म भन्दा हाई बजेटको र दमदार एक्सनले भरिपूर्ण हुने बताइएको छ । फिल्मको छायांकन २०२१ बाट सुरु हुने र यस्का लागि रिसर्चको काम अहिले देखिनै शुरू भैसकेको जनाईएको छ । सफल ‘टाइगर’ सिरिजको तेस्रो चलचित्र निर्माणको तयारीमा सलमान जुटेका हुन् । ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ जस्ता चलचित्रको तेस्रो सिरिजलाई मनिष शर्माले निर्देशन गर्ने बुझिएको छ । मनिषले नायक साहरुख खानसँग चलचित्र ‘फ्यान’मा काम गरेका थिए । प्रदर्शनको तयारीमा रहेको सलमान अभिनित चलचित्र ‘राधे’ कोरोनाका कारण रोक्किदा चलचित्रको रिलिज अन्योलमा छ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण भन्दै सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर भए पछी सलमान थप दबाब र तनावमा परेका छ्न ।
वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध मुद्दा दायर गरेका थिए । यि संगै मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ ।
टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिहरुले सुशान्तका फिल्म रिलिज हुन बाधा सृजना गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा समेत बोलाउन छाडिएको आरोप छ ।