काठमाडौं । सुटिङमा रहेको अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रोकिएको पनि ६ महीना बितिसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली चलचित्र क्षेत्र अहिले पुर्ण लकडाउन छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत सुटिङ भएको ए मेरो हजुर ४ को बाँकी काम कहिले सुरु हुन्छ यकिन छैन ।चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुने छाट देखिदैन । चलचित्रको बाँकी सुटिङ कहिलेबाट सुरु हुन्छ पक्का छैन । हुन त कोभिड १९ को प्रकोप पछि अधिकांस कलाकारहरु फुर्सदमा छ्न। नायक अनमोल केसी पनि लकडाउन भए पस्छात घरमै छन् । बिचमा उनले लकडाउन खुकुलो भएपछि केही चर्चित कम्पनीका विज्ञापनहरुमा काम गरेको बुझिएको छ ।
नायक अनमोल केसी अहिले आफ्नो नयाँ चलचित्र ‘पारस’को स्क्रिप्टमा गृहकार्य गरिरहेका छन् । माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्दैछ ।
अनमोलका अनुसार, चलचित्रको स्क्रिप्टलाई अझै बलियो बनाउन सकिन्छ कि भनेर काम भैरहेको छ । उनी, यो चलचित्रमा काम गर्नका लागि उत्साहित पनि छन् ।अनमोल अहिले दैनिक स्क्रिप्ट लेखकसँग घरमै नयाँ केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् । चलचित्रको कथा बलियो बनाए चलचित्रलाई थप उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा केन्द्रित छन।
चलचित्रको कथावस्तु बलियो भएकै कारण निर्माता भूवन केसीले निर्देशक माधव वाग्लेसँग सहकार्य गरेका हुन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकिएपछि अनमोलले चलचित्र ‘पारस’को काम सुरु गर्ने योजना बनाएका छन् ।