एजेन्सी। भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १४औं संस्करण सुरू हुन लागेको छ। बलिउड अभिनेता सलमान खानले पुन ‘बिग बोस-१४’ लिएर आउँदैछन् । अघिल्लो सिजनमा २०० करोड पारिश्रमिक लिएका सलमानले यस पटक २५० करोड भारू पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘बिग बोस’को नयाँ प्रोमोमा यो ‘शो’ आगामी अक्टोबर ३ मा प्रसारणमा आउने बताइएको छ । यो २०२० का सबै समस्या भगाउने ‘शो’ रहने प्रोमोमा सलमानले भनेका छन् । निहा शर्मा, भिभेन डिसेना, ज्यास्मिन भसिन, एली गोनी, करण पटेल, कुरान पटेल,ऐजाज खान, सारा गुर्पाल, नेहा शर्मा, पवित्रा पुनिया र नैना सिंह यो वर्षका प्रतियोगीहरु हुन् ।
कोरोना महामारीका कारण यो वर्ष प्रतियोगीहरुलाई घरभन्दा बाहिर जान नदिइने बताइएको छ । सेप्टेम्बरदेखि नै कार्यक्रम सुरु गर्ने योजना भए पनि कोरोनाकै कारण यसको प्रसारण मिति धकेलिएको थियो । यो सिजन सलमान खान बिग बोसको प्रस्तोता बनेको ११औं वर्ष हो ।