काठमाडाैं । भारतीय अभिनेता राजीव कपुरकाे मङ्गलवार निधन भएकाे छ । उनकाे हृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपुरले मिडियालाई जानकारी गराएका छन् । ५८ वर्षका राजीव भारतीय सिने जगतका हस्ति राज कपुरका कान्छा छाेरा थिए भने केहि महिना अघि देहावसान भएका नायक ऋषि कपुरका भाइ थिए । उनले राज कपुरकाे फिल्म अन्तरगत ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेकाे थिए । अस्सिको दसकमा उक्त फिल्म निकै सफल रहेकाे थियाे । यद्यपि राजीव कपुरले धेरै फिल्ममा काम गरेनन् । ऋषि कपुरकाे निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपुरले निर्देशन गरेका थिए ।