काठमाडौं । सरकारले यस आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह-लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै चलचित्र विकास बोर्डले गतवर्ष स्टोरी बैंक स्थापना गरेको थियो ।
चलचित्र विकास बोर्डले मंगलबार सूचना जारी गर्दै पाँच फिचर र पाँच छोटो फिल्ममा सह-लगानी गर्ने जनाएको छ । यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह-लगानी गर्ने कार्यविधि संशोधनस गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्यामा वृद्धि गरेको हो । कार्यविधि संशोधन गरेर फिल्मको संख्यामा वृद्धि गरेका छौं’ बोर्ड अध्यक्ष दयाराम दाहालले भने कति लगानी गर्ने र कस्तो सहयोग गर्ने भन्ने विस्तृत जानकारी चाँडै सार्वजनिक गर्नेछौं ।’
अध्यक्ष दाहालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत ३ छोटो र तीन फिचर फिल्म छनौट भएका छन् । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्नेछ । स्टोरी बैंकमा प्राप्त ती ६ वटा फिल्म सिफारिस भएको हो ।