काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको नेपाली फिचर फिल्म प्रतियोगिता अन्तर्गत बेस्ट फिचर फिल्म ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । वेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद ५० हजार र ट्रफी प्राप्त गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर फिल्म– शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा– सेर्गियो बासो (सरिता– टेल मि हु एम आई), वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी (लाटो कोसेरो), वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नवीन सिल्पकार (लाटो कोसेरो)ले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको छ । निफको चौथो संस्करणको अवार्ड वितरण कार्यक्रममा सातवटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितेको एउटा अन्तर्राष्ट्रि पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइरहेको यस महोत्सव नेपाली चलचित्रकर्मिका लागि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तर्रास्ट्रिय बजारिकरणमा लागि रहेको हुनाले यस महोत्सवमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागिता जनाइ अबसरको सदुपयोग गर्न निफका संयोजक केपी पाठकले आग्रह गरे ।
कोरोना महामारीका कारण भर्चुअल रुपमा गत वैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो ।भर्चुअल रुपमा भएको कारण पुरस्कार वितरण हुनसकेको थिएन । तर, कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण समारोह सरकारी पोर्टोकलको पालना गर्दै सीमित ब्यक्तिहरुको उपस्थितिमा भएको हो । उक्त समारोहमा ‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करणको आवेदन खुला गरिएको औपचारिक रुपमा घोषणा गरिएको छ ।
www.niff.org.npor filmfreeway.com/niff2022 बाट गत असार १७ गते देखि नै आवेदन खुला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पुस १० गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११गतेमा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ । निफको पाँचाैं संस्करण २०७८ चैत १० देखि १४ गतेसम्म हुनेछ ।