मुम्बई(एजेन्सी) । बलिउड अभिनेता तथा निर्देशक सोहेल खान पत्नी सीमालाई विवाहको २४ वर्षपछि छोड्ने भएका छन् । शुक्रबार दुवैले मुम्बईको फेमिली कोर्टमा गएर डिभोर्सका लागि निवेदन दिएका छन् । बीकेसी फेमिली कोर्टमास डिभोर्सको निवेदन दिएपछि दुवैजना आ—आफ्नो कारमा घर गएका थिए । दुवैको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमले निवेदन दिएको कुरा उल्लेख गरे पनि दुवै पक्षले यस विषयमा केही बोलेको छैन । तर दुवैबीच निकै लामो समयदेखि सम्बन्धमा चिसोपन आइरहेको थियो ।
सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीकी हुन् । उनी फेसन डिजाइनिङमा करियर बनाउनका लागि मुम्बई आएकी थिइन् । मुम्बईमा सीमासँग भेटेपछि सोहेल उनको प्रेममा परेका थिए । उनीहरुले डेट सुरु गरेपनि छिट्टै विवाह गर्ने चाहना राखेका थिए । तर सीमाको परिवारले उनीहरुको विवाहमा स्वीकृति दिएन । जसकारण उनीहरुले भागी विवाह गरेका थिए ।