मुम्बई(एजेन्सी) । अभिनेत्री करिना कपुर खान सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आफ्नो नियमित अपडेट फ्यानमाझ शेयर गरिरहन्छिन् । हालका दिनमा करिना दार्जिलिङमा वेब सिरिज ‘द डिभोसन अफ सस्पेक्ट एक्स’को सुटिङमा व्यस्त छन्, जहाँबाट उनले एक भिडियो सामाजिक सञ्जालमा राखेकी छन् ।
भिडियोमा करिना दार्जिलिङको चिसोमा फ्रेञ्च फ्राइज खाइरहेकी छन् । उनले खाँदै फ्रेञ्च फ्राइजलाई कसरी स्वादिलो बनाउने भन्ने कुराको टिप्स दिइरहेकी छन् ।
इन्स्टाग्राममा शेयर गरिएको भिडियोमा करिना अभिनेता विजय बर्मा र मेकअप आर्टिस्ट पम्पी हेन्ससँग देखिएकी छन् । भिडियोको सुरुवात कुर्सीमा राखिएको प्लेटमा सजिएको फ्रेञ्च फ्राइजबाट हुन्छ । यसपछि अर्को दृश्यमा करिनाले फ्राइज खाइरहेकी छन् । यसपछि विजय र पम्पीले पनि फ्रेञ्च फ्राइज खाएका देख्न सकिन्छ ।
‘जब चिसो हुन्छ, तपाईंलाई थाहा नै छ के गर्नुपर्छ भन्ने कुरा । फ्रेञ्च फ्राईमा चाट मसला र रातो खोर्सानी हाल्नुहोस्… उफ !’, उनले क्याप्सन लेखेकी छन् । भिडियोमा करिनाले ब्राउन स्वेटर, ब्लु डेनिम्स र स्निकर्स लगाएकी छन् ।
करिनाले यसअघि सुजाय घोषको फिल्मका लागि कालिम्पोङमा सुटिङ गरेकी थिइन्, जहाँ उनलाई भेट्न सैफ अली खान, छोरा तैमुर अली खान र जहाँगिर अली खान पुगेका थिए । यो वेबसिरिजमार्फत करिना ओटीटी प्लेटफर्ममा डेब्यु गर्दै छन्, जहाँ उनी जयदीप अहलावतको भूमिकामा देखिँदै छन् ।
उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा पनि देखिँदै छन् । यो फिल्म यसै वर्षको ११ अगस्टमा रिलिज हुँदै छ ।