मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘स्रमाट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘स्रमाट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् ।
हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदिर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?’ भनी सोधेका थिए ।
‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुशी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भनेका छन् ।
उनले आफ्ना लागि काम गर्न सक्ने भए पनि पुरा देश सम्हाल्न नसक्ने बताए । ‘फिल्मकै माध्यमबाट धेरै काम गर्न मलाई साथ मिलिरहेको छ’, अक्षयले भने ।