सिंचाई मन्त्री दपिक गिरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एकताको कुरा गरे पनि पार्टीभित्र गडबड रहेको बताएका छन् । गुट–उपगुटले पार्टीको हित नहुँने भन्दै उनले यसको अन्त्य गर्नु पर्ने बताए ।
नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको स्वागत तथा बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिलाई किन गुट–उपगुट चाइयो ? भन्ने प्रश्न गरे । ‘लोकतन्त्रमा चुनाव प्रणालीमा उमेद्वार बढी भएमा जिताउन केहि समयका लागि गुट–उपगुट ठिक होला, तर त्यसैवेला सक्नुपर्छ’ गिरीले भने, ‘नत्र यसले पार्टीलाई दीर्घकालसम्म असर पु¥याउछ । सभापतिज्यूलाई किन गुट चाहियो ?’
देउवा धेरै पटक प्रधानमन्त्री भएको र पार्टीको सभापति पनि भएकाले उनका लागि गुटउपगुटको आवश्यक नरहेको मन्त्री गिरीको भनाई थियो ।
गिरीले मन्त्री भए पछि पार्टी कार्यलयमा पुगेर विपीको फोटोमा माल्र्यापण गर्ने पहिलो मन्त्री आफु भएको बताए । सिंचाई मन्त्रीको रुपमा सपथ लिने क्रममा सबै भन्दा पहिला सहिद र विपीलाई आफुले सम्झेको बताए ।
पार्टीभित्र सक्रिय राजनीति गरे पनि सधै भरी आफुलाई पछि पार्ने काम भएको भन्दै पार्टीको आलोचना गरे । सिंचाई मन्त्री गिरी ले दाङका खेति योग्य जमिनमा सिंचाइ गर्नका लागि आफनो पालामा जिल्लामा १० अर्ब बजेट ल्याउने दाबी गरे ।-रातो पार्टी