एक समय नेपाली चलचित्रमा अभिनेत्री रेजिना उप्रेतीको पनि राज थियो भन्दा गलत नहोला । किनकी उनी एक समयकी चल्तीकी अभिनेत्री हुन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागि धेरै निर्माता निर्देशकहरु एक समय घम्साघम्सी नै गर्ने गर्थे तर अहिले रेजिना फुर्सदिलो जीवन विताइरहेकी छिन् ।
२ बर्ष अगाडी मात्र विवाह बन्धनमा समेत बाँधिएकी रेजिना अहिले नेपाली चलचित्रमा निस्क्रिय जस्तै छिन् । केही बर्ष देखी उनका चलचित्र दर्शकहरुले हेर्न पाएका छैनन् । बैबाहिक जीवनमा बाँधिएपछि उनले अहिले बढि जसो समय आफ्नो परिवारलाई लिँदै आइरहेकी छिन् । नेपाली चलचित्रक्षेत्रमा क्रमश नयाँ अनुहारहरु भित्रदै गरेपछि रेजिनाको माग पनि नेपाली चलचित्रमा कम हुँदै गएको हो ।
पुराना अभिनेत्रीलाई भन्दा दर्शकहरुले चलचित्रमा नयाँ अनुहार खोज्न थालेपछि पुराना अभिनेत्रीहरु अहिले नेपाली चलचित्रक्षेत्रबाट पलायन समेत भइसकेका छन् । उनीसँगैका कयौं अभिनेत्रीहरु विवाह गरेर घरजममा व्यस्त छन् भने केही अभिनेत्रीहरु अमेरिका लगायतका ठाउँहरुमा बसोबास गर्दै आइरहेका छन् । तर रेजिनाले नेपाली चलचित्रक्षेत्रलाई छोड्न भने सकेकी छैनन् । विवाहपछि केही मोटाएकी रेजिना अहिले चलचित्र कलाकार संघकी उपाध्यक्ष समेत हुन् ।
कलाकार संघको उपाध्यक्ष भएपनि उनको हातमा अहिले एउटा पनि चलचित्र छैन र निर्माता निर्देशकहरु उनलाई आफ्नो चलचित्रमा लिनका लागि खोज्न पनि छोडिसकेका छन् । बिहे पश्चात नायिकाहरु गपचुप भइरहेको अबस्थामा रेजिना भने केही सार्वजनिक कार्यक्रममा देखिरहेकी हुन्छिन् । सार्वजनिक कार्यक्रममा सहभागी भएर आफु पलायन भएको छैन भन्ने उदारहण दिनका लागि पनि रेजिना पछिल्लो समय चलचित्र देखी अन्य सार्वजनिक कार्यक्रमहरुमा देखिरहेकी हुन्छिन् । तर बिहेपछि रेजिनाको फिल्मी करियर भने चौपट भएको छ ।