भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भनेर प्रचार गरिएको चलचित्र ‘विजुली मेसिन’ ले आफ्नो प्रदर्शन मिति कार्तिक २६ गतेलाई फाइनल गरेको छ । भदौ ३१ गते तीन चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि ‘विजुली मेसिन’ ले आफ्नो प्रदर्शन मिति पर सारेको बुझिएको छ । नयाँ प्रदर्शन मिति फाइनल गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा केही यूवकहरु आवाजबाट विजुली निकाल्ने प्रयास गरिरहेका छन् । यो चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिका छन् भने नायक राजेश हमालको पनि विशेष भुमिका रहेको छ । चलचित्रमा रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी छ ।